२०८१ मंसिर १०, सोमबार
दोधारा । दोधारा चाँदनी नगरपालिकामा बिशेषज्ञद्धारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा एक दिने बिशेषज्ञद्धारा निशुल्क स्वास्थ्य शिविर संचालन भएको दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तथा नगरप्रबक्ता ओंम बस्नेतले जानकारी दिएका छन् । भिमदत्त नगरपालिका स्थित रहेको मन्त्र हस्पिटल तथा रिसर्च सेन्टर प्रालि. र प्राथमिक स्वास्थ्य केन्द्र दोधाराको सयुक्त आयोजनामा एक दिने बिशेषज्ञद्धारा निशुल्क स्वास्थ्य शिविर संचालन सम्पन्न भएको दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तथा नगरप्रबक्ता ओंम बस्नेतले बताएका छन् । शिविरमा नाक, कान, घाँटी, नसा तथा मनोरोग, दन्त रोग र हाडजोर्नी तथा फिजियोथिरापी सम्बन्धी निशुल्क स्वास्थ्य शिविर संचालन भएको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराले जनाएको छ् । शिविरमा झण्डै २ सय भन्दा बढी नाक, कान, घाँटी, नसा तथा मनोरोग, दन्त रोग र हाडजोर्नीका रोगीहरुले सेवा पाएको स्वास्थ्य केन्द्र दोधाराले जनाएको छ् । एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले शिविरको उद्धघाटन गरेका छन् । शिविरले दोधारा चाँदनी नगरपालिकाका स्थानियहरुलाई टाढा महंगा अस्पतालमा गएर रकम खर्चने समस्या टरेर गएको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र दोधाराले जनतालाई सहज र सरल तरिकाले स्वास्थ्य सेवा प्रदान गर्न उद्धेश्य पुरा हुदै गएको दोधारा चाँदनीका मेयर लिम्बुले बताउदै दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका ब्यवस्थापन समितिका अध्यक्ष ओंम बस्नेतले जनताको स्वास्थ्यको ख्याल राख्दै निशुल्क स्वास्थ्य शिविर संचालन गरेको भन्दै बिशेष धन्यबाद दिएका छन् । नाक, कान, घाँटी, नसा तथा मनोरोग, दन्त रोग र हाडजोर्नीका रोगीहरुलाई एक दिने शिविरमा आएर स्वास्थ्य लाभ लिन प्राथमिक स्वास्थ्य केन्द्र दोधाराले अनुरोध गरेको थियो । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष ओंम बस्नेतले प्राथमिक स्वास्थ्य केन्द्रलाई थप सुबिद्या सम्पन्न बनाउने प्रयास भईरहेको बताएका छन् । स्वास्थ्य केन्द्रलाई अझै आधुनिक, सुबिद्या सम्पन्न तथा बिश्वासीलो बनाउन आफुहरु लागिपरहेको उनले बताएका छन् । शिविरमा नाक, कान तथा घाँटी रोगका डाक्टर रचित पोखरेल, मानसिक रोगका डाक्टर दिक्षा उप्रेती, दन्त रोगका डाक्टर रानु पाँण्डेले शिविरमा सेवा दिएका थिए । स्थानियहरुले घरनजिकै निशुल्क स्वास्थ्य सेवा पाएपछि प्राथमिक स्वास्थ्य केन्द्रका टोली तथा वडाध्यक्ष बस्नेतलाई धन्यबाद दिएका छन् । शिविरमा सम्बन्धित रोगका बिरामीलाई निशुल्क औषधी वितरण तथा स्वास्थ्य सम्बन्धी सल्लाह र परामर्श लगाएतका सेवा प्रदान गरिएको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी