२०८१ मंसिर १०, सोमबार
दोधारा चाँदनी । आसन्न प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनलाई लक्षित गदै नेकपा एमालेले दोधारा चाँदनी नगरपालिकामा वडा–वडामा सम्पर्क कार्यालय स्थापना गर्ने भएको छ् । नेकपा एमाले दोधारा चाँदनी नगरकमिटिको आजको बैठकले दोधारा चाँदनी नगरपालिकाको दशै वटै वडामा पार्टीको सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको नेकपा एमाले दोधारा चाँदनीका ईन्चार्ज राजिव खड्काले जानकारी दिएका छन् । आसन्न निर्वाचनलाई लक्षित गर्दै पार्टीको भातृत्व संगठनलाई समेत सशक्त बनाउन बिभिन्न खाले कार्यक्रम तथा भेटघाट गरिने बताईएको छ् । सबै टोलको केन्द्र बनाएर वडाहरुमा पार्टीको सम्पर्क कार्यालय स्थापना बताईएको छ् । आउदो सोमवार साबिकको दोधारा र चाँदनी गाबिसको अलग अलग स्थानमा आउदै गरेको दशै, तिहार र छटको शुभकामना आदान प्रदान कार्यक्रम गर्ने निर्णय भएको नेकपा एमाले दोधारा चाँदनी नगर ईन्चार्ज राजिव खड्काले बताएका छन् । नेकपा एमाले दोधारा चाँदनीका नगर अध्यक्ष हरिसिह धनाडीको अध्यक्षमा बसेको नगरकमिटिको बैठकमा नेकपा एमाले दोधारा चाँदनीका ईन्चार्ज राजिव खड्का, नेकपा एमाले प्रदेश कमिटि सदस्य चिनी ओझा गिरी, दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, नेकपा एमाले कञ्चनपुर जिल्ला सदस्य चन्द्र सिंह धामी, गगन खत्री लगाएत नगरकमिटिका पाधिकारीहरुको उपस्थिती रहेको थियो । आउदो निर्वाचनमा पार्टीलाई अझ कसरी सशक्त बनाएर लैजाने बिषयमा ब्यापक छलफल गरिएको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी