२०८१ मंसिर १०, सोमबार
कञ्चनपुर:
कञ्चनपुर निर्वाचन क्षेत्र १ मा प्रतिनिधी सभा सदस्य तर्फ स्वतन्त्र उम्मेदवारी दिएका एमाले प्रभावशाली नेता खेम सुवदेीले माछा चुनाव चिन्ह पाएका छन ।
एमाले प्रभावशाली नेता सुवेदीलाई निर्वाचन आयोगले माछा चुनाव चिन्ह दिएको हो । एमालेमै क्षेत्र १(क)बाट भक्त बहादुर अधिकारीले बिजुलीको टिम र १(ख)बाट टेक बहादुर साउदले लालटिन चुनाव चिन्ह पाएका छन ।
एमाले सुदूरपश्चिम प्रदेश सदस्य तथा अखिल नेपाल किसान महासंघका अध्यक्ष समेत रहेका सुवेदीले आफ्नै पार्टीका आधिकारिक उम्मेदवार तारालामा तामाङ्ग बिरुद्धमा बागी उम्मेदवारी दिएका छन । सुवेदीले माछा चुनाव चिन्ह पाएसंगै एमाले आदिवासी जनजाति थारु समुदायका मत काट्ने स्वयम एमाले नेताहरु बताउँछन ।
उक्त निर्वाचन क्षेत्रमा एमालेबाट सुवेदी ०५१, ०६४, ०७०, ०७४ र ०७९ मा सिफारिस हुने तर टिकट नदिदा उनी निकट एमाले नेता कार्यकर्ताको बलजोडमा सुवेदी यस पटक स्वतन्त्र उम्मेदवारी दिएका छन । ईमान्दार नेताका रुपमा रहेका सुवेदीले स्वतन्त्र उम्मेदवारी दिएसंगै एमाले नेता कार्यकर्ता हर्षित भएका छन । एमाले नेताहरुले सुवेदीमाथि घात भएको भन्दै यस पटकको निर्वाचनमा साथ दिने बताईरहेका छन । एमाले सुवेदी पक्षधरका नेताहरुले पार्टीमा चरम अवसरवादीलाई टिकट दिएको भन्दै संघ तर्फको परिमाण उल्टाउने चेतावनी दिदै एमाले स्वतन्त्र(बागी) उम्मेदवारकै पक्षमा मत मागिरहेका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी