२०८१ मंसिर ९, आईतबार
कञ्चनपुर:
आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार चुनावी प्रचारप्रसारमा जुट्ेका छन ।
कञ्चनपुर क्षेत्र ३ मा बाम लोकतान्त्रिक संयुक्त गठबन्धन चुनावी प्रचारप्रसारमा जुटेका हुन । सोमबारदेखि भीमदत्त नगरपालिका १८ जनज्योती टोलदेखि बाम लोकतान्त्रिक संयुक्त गठबन्धन चुनावी प्रचारप्रसारमा होमिएका छन ।
क्षेत्र नम्बर ३ बाट बाम लोकतान्त्रिक तर्फबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार रमेश लेखक, २(क) प्रादेशिक निर्वाचन क्षेत्रका उम्मेदवार टेकेन्द्र प्रशाद भट्ट र ३(ख) प्रादेशिक निर्वाचन क्षेत्रका उम्मेदवार बेल बहादुर राना, काँग्रेसबाट समानुपातिक यज्ञराज जोशी, मधु भारती, माओवादीबाट माया नेगी सहित काँग्रेस, माओवादीका नेता कार्यकर्ता सयुक्त रुपमा चुनावी प्रचारप्रसारमा होमिएका छन । बाम लोकतान्त्रिक गठबन्धनको औचित्य पुष्टी गर्दै नेताहरु टोल टोलमा गईरहेका छन । जनज्योती टोलमा आयोजित कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट क्षेत्र ३का प्रतिनिधी सभा सदस्य उम्मेदवार रमेश लेखकले संविधानको रक्षर््ाा र व्यवस्था जोगाउनका लागि बाम लोकतान्त्रिक गठबन्धन गरिएको बताए । लेखकले संविधानका साथै व्यवस्था र दिगो विकास सम्बृद्धिका लागि बाम लोकतान्त्रिक गठबन्धन गरिएको बताए ।
प्रचारप्रसारमा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट सहभागि दलका नेता कार्यकर्ता उत्साहित भएका छन । दुर्ई दुई पटक संविधानको हत्या गरेर आफु राजतन्त्र ल्याउने पार्टीसंग चुनावी गठबन्धन गर्ने र अनि राष्ट्रियताका मुद्दा उठान गर्ने दल काँग्रेस, माओवादीको गठबन्धन बिरुद्धमा भ्रम सृजना गर्ने प्रतिगमन ल्याउने मतियार बिरुद्धमा जनतालाई सचेत गराईरहेको बाम लोकतान्त्रिक गठबन्धनका नेताहरुले बताएका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी