२०८१ मंसिर ९, आईतबार
कंचनपुर:
निर्वाचन-२०७९ नजिकिदै गर्दा जनताहरुमा आफ्नो नेता छान्न एक खाले उत्साह बढेको देखिन्छ तर, पुराना अनुहार नै फेरी पर्दामा आउने पक्का पक्की देखेपछी चुनावी दौडमा जो जिते पनि देश उहीँ गतिमा जाने भने निश्चित देखिन्छ ।
कंचनपुर जिल्लाको राजनितीमा पनि प्राय गरी राष्ट्रिय राजनिती नै हावी हुने गरेको पाइन्छ । पछिल्लो निर्वाचनमा प्रतिनिधि सभाको लागी काङ्ग्रेस र एमाले को भिडन्तमा एमालेका सान्सद दिपक प्रकाश भट्टले बाजी मारेका थिए ।
पछिल्लो पटक नतिजा भट्टको पक्षमा पार्न महत्त्वपूर्ण भुमिका निर्वाह गरेको माओवादी केन्द्र भने यस पटक गठबन्धनमा नेपाली काङ्ग्रेसलाई समर्थन गर्दै कंचनपुर क्षेत्र नम्बर ३ को चुनावी माहोलमा लागीपरेको छ ।
अहिले क्षेत्र नम्बर ३ कंचनपुरमा जुनसुकै पार्टीको एउटै नारा देखिन्छ । दोधारा-चादनीमा सुख्खा बन्दरगाह बनाउने जिल्लामा रहेको एयरपोर्ट निर्माण गर्न पहल गर्ने आदि-आदि जबकी यी समस्या र तिनको समाधान कुनै व्यक्ती जितेर आफ्नो व्यक्तीगत लगानीमा नबनाउने र फेरि सरकारमा पार्टी भएमा पहल मात्रै गर्ने हुन ।
प्रतिनिधि सभाको निर्वाचनको लागी कंचनपुर जिल्लाको क्षेत्र नम्बर ३ मा नेपाली काङ्ग्रेस बाट रमेश लेखक तथा एमालेबाट निरुदेवी पालको उम्मेदवारी रहेको छ ।
चुनावी नाराको लागी आ-आफ्नो पार्टीका आ-आफ्ना नाराहरु भए तापनी जनता भने चुनाव सम्म मात्रै नेताको बोली रहने र जितेर गइसकेपश्चात सामान्य अनुदानको लागी समेत आफ्नै कार्यकर्तालाई नेताले रकम वितरण गर्ने तर्कमा ढुक्क छन । पछिल्लो केही दशकमा कंचनपुरमा विकाशको नाम केही पुल बने , केही बाटोहरु पिच भए सरकारी कार्यालयहरुका भवनहरु थपिए तर जितेर गएका नेता संगै तिनका कार्यकर्ताले कति लाभ लिए भन्ने विषयमा कंचनपुरमा कसै सङ्ग कुनै लेखा जोखा छैन ।
कंचनपुर जिल्लाको सदरमुकाम बजार क्षेत्रमा रहेको सरकारी जग्गा अतिक्रम हटाउछु भनेर कुनै राजनितिक दलका नेताको नारा देखिएन । जिल्ला स्थित रहेको अख्तियार कार्यालयले विभिन्न चरणमा मुद्दा सम्म दर्ता गराए तापनी कुनै राजनितिक दलले खुलेर बोल्ने हिम्मत गरेनन । देशकै पुरानो बजारको रुपमा रहेको कंचनपुरको महेन्द्रनगर बजारको जग्गा अतिक्रमण अहिलेको समस्या नभइ दशकौ अगाडि बाट चलिरहेको छ , यो समस्या समाधान गर्न भिमदत्त नगरका मेयरले मात्रै चाहेमा पनि समस्या समाधान हुने आम जनसमुदायको छ । देशको केन्द्रीय राजधानी रहेको काठमाडौं नगर पालिकामा रहेको यस्तै समस्याको समाधान स्वतन्त्र बाट मेयर पदमा निर्वाचित व्यक्तीले समाधान गर्दै गरेको देखिन्छ , त्यसको अर्थ के महेन्द्रनगरको जग्गा ( लिज ) प्रकरणमा राजनितिक दलकै आडमा ठुला ठुला घर बनिरहेका हुन त ? के कंचनपुर क्षेत्र नम्बर ३ मा स्वतन्त्र व्यक्ती वा बिकल्पको रुपमा अन्य पार्टीहरु लाई जिताउन आवश्यक छ त ? आफ्नो शहरको समस्या समाधान गर्न नखोज्ने नेताहरु लाई कंचनपुरको जनताले फेरि मत देलान त ?
कंचनपुर जिल्लामा जनता छ वा कार्यकर्ता मात्रै छन ?
लिज प्रकरणमा मुद्दा परेका व्यक्तीहरुले कसको आडमा कंचनपुरको बजार दलालहरुमा वितरण गरे त ?
कुनै पार्टी वा दलले चुनावको मिति अगाडि कंचनपुर , महेन्द्रनगरमा रहेको बजार क्षेत्रको जग्गा खाली गराउन सक्लान त ??
बजार क्षेत्रको व्यवस्थापन गर्न एक हप्ता पनि धेरै हुदैन होला र ?
हामी निरन्तर रुपमा जनताहरु सङ्ग यो विषयमा बहस चलाउने प्रयासमा छौ । आउदा दिनहरुमा कंचनपुर क्षेत्र नम्बर ३ मा रहेका सम्पुर्ण टोल टोलमा पुग्ने हाम्रो प्रयास जारी छ । हामी सम्पुर्ण ठाउँहरुमा पुग्न नसकेपनी तपाईहरुले आफ्नो अमुल्य विचार प्रतिकृया मार्फत हामीलाई पठाउन सक्नु हुनेछ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी