२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र ३ अन्र्तरगत भीमदत्त नगरपालिका ६ नम्बर वडामा बाम लोकतान्त्रिक गठबन्धनले प्रादेशिक निर्वाचन क्षेत्रीय कार्यालय उद्घाटन गरेको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखक र प्रदेश सभा सदस्यका उम्मेदवार टेकेन्द्र प्रसाद भट्टले संयुक्त रुपमा उद्घाटन गरेका छन् । प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखकले संविधानको रक्षादेखि स्थानीय विकास र सम्बृद्धिका लागि बाम लोकतान्त्रिक गठबन्धन जिताउनुको विकल्प नभएको बताए । उनले माओवादी र काँग्रेसबीच ऐतिहासिक राजनीतिक सहकार्य हुँदै आएको बताए । ‘मुलुकमा १२ बुँदे सहमतिदेखि संविधान निर्माणसम्म माओवादी र काँग्रेसको नेतृत्वविच ऐतिहासिक सहकार्य भएको छ, ‘उनले भने, ‘विगतमा काँग्रेस सभापति स्व। गिरिजा प्रसाद कोईरला र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच १२ बुँदे सहमति भयो, ‘लेखकले भने, ‘अहिले माओवादी अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति शेर बहादुर देउवाविच संविधान जोगाउने सहकार्य भएको छ ।’ प्रदेश सभा सदस्यका उम्मेदवार भट्टले माओवादी, काँग्रेसविच भएको सहमति अनुरुप संविधानको रक्षा र प्रतिगमनबाट मुलुक बचाउनका लागि गठबन्धन भएको बताउँदै बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउनका लागि वडा, टोल, घर घरमा खटिन आब्हान गरेका छन् । काँग्रेस केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार यज्ञराज जोशीले मुलुकको आवश्यकता अनुरुप गठबन्धन भएकाले कुनै हिचकिचाहट नमानेर बाम लोकतान्त्रिक गठबन्धनका उम्मेवारलाई मत दिनु पर्ने आग्रह गरे । कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन समिति क्षेत्र ३९ क का संयोजक पदमराज अवस्थी र सह संयोजक दिपक साउँदले आफ्नो निर्वाचन क्षेत्रमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउने प्रतिबद्धता जाहेर गरेका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी