२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर। कञ्चनपुर क्षेत्र नं. ३ को प्रदेशसभा (१) मा स्वतन्त्र उम्मेदवारी दिएका महादेव भट्टले राष्ट्रिय प्रजातन्त्र पार्टीका धर्मराज जोशीलाई समर्थन गरेका छन्।
आफ्नो उम्मेदवारी निष्कृय पारेको घोषणा गर्दै भट्टले निसर्त ढंगले जोशीलाई समर्थन गरेको बताए। एमालेसँगको तालमेलमा यो प्रदेशसभा क्षेत्रमा राप्रपाले जोशीलाई चुनावी मैदानमा उतारेको छ।
जोशीलाई योग्य उम्मेदवार देखेर समर्थन गरेको भट्टले बताए। दुबै जनाले सोमबार संयुक्त प्रेस विज्ञप्तीसमेत जारी गरेका छन्।
‘प्रदेशसभाको ३ (१) मा जोशीको जीत अपरिहार्य छ,’ विज्ञप्तीमा उल्लेख छ, ‘मैले दिएको स्वतन्त्र उम्मेदवारी आजैका मितिदेखि स्थगित गरी राप्रपाका धर्मराज जोशीलाई समर्थन गर्दछु।’
भट्टले आफू पनि जोशीको प्रचारप्रसारमा खटिने जानकारी दिए।
जोशीलाई क्षेत्र नं. ३ (१) मा एमालेको पनि समर्थन छ। पञ्चायतकालमा दुई पटक तत्कालिन महेन्द्रनगर नगर पञ्चायतका प्रधानपञ्च समेत भएका जोशी राप्रपाको सुदूरपश्चिम अध्यक्षसमेत हुन्।
पाका र अनुभवि नेतामा गनिने जोशीको यो क्षेत्रमा राम्रो व्यक्तिगत मत रहेको मानिन्छ। उनी प्रजातन्त्र पुर्नस्थापनापछि पनि धेरै पटक सांसदमा चुनाव लडेका छन्।
त्यसक्रममा उनले जहिले पनि सम्मानजनक मत ल्याउने गरेका थिए।
यो क्षेत्रमा एमालेले जोशीलाई समर्थन गर्दा गठबन्धनका तर्फबाट माओवादीका टेकेन्द्र भट्ट प्रतिस्पर्धामा छन्। गठबन्धनबाट नेकपा एकीकृत समाजवादी बाहिरिएको छ।
उक्त पार्टीले प्रकाश रावललाई उम्मेदवार बनाएको छ। रावलले राप्रपा र गठबन्धनकै उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी