२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर। कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार दिपकबहादुर सिंहले भीमदत्त नगरपालिका–१८ सालघारीमा सम्पर्क कार्यालय स्थापना गरेका छन्। मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर उनले सम्पर्क कार्यालय खोलेका हुन्। उनले भीमदत्त र दोधाराचाँदनी नगरपालिकाका अधिकांस वडामा सम्पर्क कार्यालय स्थापना गरी सकेका छन्। घरदैलो अभियानलाई समेत उनले तिब्रता दिएका छन्। निशुल्क शिक्षा, स्वास्थ्य, खानेपानीलाई उनले मुख्य चुनावी एजेण्डा बनाएका छन्। ‘हरेक नागरिकले शिक्षा, स्वास्थ्य र खानेपानी निशुल्क पाउनुपर्छ, त्यसका लागि हामी पहल गर्छाै,’ उनले भने, ‘त्योसँगै दिगो विकास निर्माणलाई पनि प्राथमिकतामा राखेको छु।’ एउटै व्यक्ति पटकपटक उम्मेदवार बन्ने र नेतृत्वमा पुग्ने परिपाटीको अन्त्यका लागि आफूले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको उनको भनाई छ। ‘राजनीति सेवा हो, पेशा होइन्, केही व्यक्तिले राजनीतिलाई पेशा बनाएका छन्,’ उनले भने, ‘यस क्षेत्रबाट पटकपटक निर्वाचन जित्छन्, तर जनताको लागि काम गर्दैनन्।’
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी