२०८१ मंसिर १०, सोमबार
कञ्चनपुर । कञ्चनपुर भन्सार नजिकै सशस्त्र प्रहरीको बिओपी रहेको छ । उक्त बिओपीमा कार्यरत सशस्त्र प्रहरीले भारतबाट माछा ल्याएर महेन्द्रनगरका स्थानीय भरत मल्लसंग घुस मागेसंगै माछा नष्ट गरिदिएपछि लफडा मच्चिएको छ । भरत मल्लले घरमा खानकालागि नेपालबाटै ३ किलो माछा ल्याएको बताउँदै सशस्त्र प्रहरीले भारतबाट माछा ल्याएको भन्दै सशस्त्र प्रहरी निरीक्षक गणेश भट्टको आदेशमा बरामद गरिएको बताए ।
सशस्त्र प्रहरी बिओपी गड्डाचौकीका इन्चार्ज भट्टकै निर्देशनमा माछा बरामद गरियो, माछा बरामद गरेपछि २ सय रुपैया मागेको मल्लले बताए । भन्सार र सशस्त्र प्रहरीले मिलोमतोमा अवैध समान भित्र्राउन तर, किसानले खानका लागि लगेको ३ किलो माछा समेत बरामद गरेर नष्ट गर्ने भन्दै भन्सारमा मल्ल सहितका स्थानीयले बिरोध गरेका छन । स्थानीयले घुस खान पल्केका भन्सार र सशस्त्र प्रहरीले स्थानीयबाट समेत घुस मागेको बताएका छन ।
यस बारेमा सशस्त्र प्रहरी गड्डाचौकीका इन्चार्ज गणेश भट्टसंग बुझ्न खोज्दा फोन उठाएनन । बिओपी गड्डाचौकी भन्सार घुसकाण्डमा बेलाबेलामा विवादमा तानिदै आएको छ । सशस्त्र प्रहरीको भन्सार राजस्व चुहावट रोक्ने जिम्मा भएपनि तस्कर समुहसंग मिलोमतो भएकाले गड्डाचौकी भन्सारको टाँट पल्टिएको स्थानीयको भनाई छ । हुनत गड्डाचौकी भन्सारबाटै आएका लाखौँ करोडौँका समान महेन्द्रनगरमा पुगेर नेपाल प्रहरीले बरामद गरेर भन्सार बुझाउने घटनाक्रममले समेत सीमा र भन्सार क्षेत्रमा रहेको सशस्त्र प्रहरी र भन्सारकै मिलोमतोमा तस्करीको समान भित्रिने समेत कतिपयतले यो तथ्यबाट समेत एकिन गरेका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी