२०८१ मंसिर १०, सोमबार
महेन्द्रनग:
कञ्चनपुर क्षेत्र नम्बर ३ का निवर्तमान प्रतिनिधि सभा सदस्य डा. दिपक प्रकास भट्टले दोधराचाँदनीलाई विकासको मुल प्रवाहमा जोड्ने काम गरिएको बताएका छन् । सोमबार दोधराचाँदनी ८ मा चुनावी सभालाई सम्बोधन गदैँ उनले पछिल्ला पाँच वर्षमा नगरलाई विकास र आर्थिक केन्द्रको रुपमा जोड्ने काम भएको बताए । उनले महाकाली पुलको समयमै निर्माण कार्य सम्पन्न गरि दोधराचाँदनी सुक्का बन्दरगाह निर्माणको काम अघि बढेकोले निकट भविष्यमा यो क्षेत्र देशकै ठुलो व्यापारिक नाकाको रुपमा विकसित हुने बताए । उनले लामो समयदेखि अवरुद्ध रहेका महाकाली करिडोरको कामलाई दोधराचाँदनीसँग जोडेर काम सुरु गरिएको पनि उनले बताए । ठुला विकासका आयोजना सञ्चालनका लागि एमालेलाई नै जिताउनु अपरिहार्य रहेको उनको भनाई छ । आफै कायकालमा मझगाँउ विमास्थल सुरु गरिएकोमा प्रधानमन्त्री शेर बहादुर देउवाको अनिक्षाका कारण अवरुद्ध रहेको उनले बताए । ‘नेपाली सेनाले विमानस्थलको केही भुभाग कब्जा गरेको छ ।’ उनले भने ‘प्रधानमन्त्री देउवाले नै समालेको रक्षा मन्त्रालयले सानो निर्णय गरि दिए यसको काम अघि बढ्थ्यो तर त्यो उनले र नेपाली कांग्रेसलाई विकासको काम अघि बढाउन चाहेको छैन् ।’ त्यस्तै उनले एमालेले जिते महाकाली र जोगबुढामा पक्की तटबन्धसँगै पुल पनि निर्माण गरिने बताए । ओली नेतृत्वको सरकारले मात्रै सुखी नेपाली, समृद्ध नेपालको सपना पुरा हुनेपनि उनको भनाई छ । त्यस्तै आफुहरु जनताको सुखदुखमासँगसँगै रहेको उल्लेख गदैँ बाढी आउँदा प्रधानमन्धी शेर बहादुर देउवाले हेलिकप्टरबाट अनुगमन गरेपनि पिडितलाई उपयुक्त राहत नदिएका उनले गुनासो गरे ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी