२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर। धर्मराज जोशी कञ्चनपुर क्षेत्र नं. ३ को प्रदेश सभा (१) बाट चुनावी प्रतिस्पर्धामा छन्। उनको पार्टी राप्रपाले यहाँ नेकपा एमालेसंग चुनावी तालमेल गरेको छ।
पूर्वप्रधानमञ्च समेत रहेका जोशी यसपटक प्रदेश सभाको दौडमा छन्। उनले पञ्चालय कालदेखि चुनावी मैदान छोडेका छैनन्। प्रधानपञ्च हुँदा गरेका काम स्मरण गराउँदै जोशी घरदैलोमा पुगेर मतदाता रिझाइरहेका छन्।
प्रधानपञ्च हुँदा भीमदत्त नगरपालिकामा विकासको जग बसालेकोले यसपटक आफूलाई प्रदेश सभामा निर्वाचित गराएर जनताले फेरी सेवा गर्ने मौका दिने उनी बताउँछन्।
‘अहिलेका ठूला पार्टीहरु थारो भैसीँ जस्ता भए, दुध नदिने भैसीलाई किन राख्ने? अहिलेका नेताहरु पनि काम नगर्ने भए,’ उनले भने, ‘त्यसैले पुराना नेतालाई मत दिनु र साढेको मुनि बाल्टी राख्नु जस्तै हो।’
ठूला राजनीतिक दलका नेताहरुलाई एक पटक हराएर सबक सिकाउनु पर्ने उनले बताए। यसपटक एमालेसंगको तालमेलमा प्रदेश सांसद हुन कस्सिएका जोशी ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी