२०८१ मंसिर ८, शनिबार
विकासको लेखाजोखा गर्दै एमाले, आश्वासनका पोका बाँड्दै गठबन्धन
महेन्द्रनगर:
मंसिर ४ गतेको निर्वाचनका लागि मौन अवधि नजिकिँदै गर्दा उम्मेदवारहरू अन्तिम प्रचारमा जुटेका छन् ।
मंसिर १ गते बिहीवार मध्यरातिदेखि मौन अवधि सुरु हुने भएकाले उम्मेदवारहरू मतदातालाई आपफ््नो पक्षमा पार्न अन्तिम कसरतमा लागेका छन् ।
चुनाव प्रचारका त्रफ्ममा नेकपा एमालेले विकासका मुद्दालाई अगाडि सारेको छ । एमालेको सरकार हुँदा गरेको विकासको लेखापोखा उम्मेदवारहरूले मतदातासामु राखिरहेका छन् । कञ्चनपुरको ३ नम्बर निर्वाचन क्षेत्रमा महाकाली नदीमाथि पक्की पुल बनेको, दोधाराचाँदनीमा सुक्खा बन्दरगाह निर्माण प्रत्रिफ्या अगाडि बढेको, महाकाली कोरिडोरको काम अगाडि बढेको, मभफ्गाउँ विमानस्थल सञ्चालनका लागि ठेक्का सम्भफैता भई काम थालनी भएको, महाकाली बहुप्राविधिक शिक्षालय स्थापना गरिएको, महाकाली प्रादेशिक अस्पतालको स्तरोन्नति गरिएको विषयलाई एमालेका उम्मेदवारले प्रमुखताका साथ उठाएका छन् । गरेका कामको लेखापोखा गर्दै एमाले उम्मेदवारले अभफ् ैजनताका सुविधाका कामलाई स्तरोन्नति गर्ने र अधुरा काम पूरा गर्ने प्रतिबद्धता गरिरहेका छन् ।
नेकपा एमालेबाट ३ नम्बर क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा निवर्तमान सांसद निरुदेवी पाल उम्मेदवार छन् भने प्रदेशसभा ३(२) मा जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट उम्मेदवार छन् । उम्मेदवार विष्टले आपफ् ूभीमदत्त नगरपालिकामा नगर प्रमुख (मेयर) हुँदा गरेका विकास–निर्माणका कामलाई एजेन्डा बताउँदै विकासको गति दोधाराचाँदनीसम्म पुर्याउने प्रतिबद्धता गरिरहेका छन् ।
३ नम्बर क्षेत्रमा पालसँग सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रमेश लेखकको प्रतिस्पर्धा छ । लेखक पटक–पटक सांसद भई मन्त्री समेत भइसकेका नेता हुन् । उनले सांसद र मन्त्री हुँदा अस्पताल सुधार, विमानस्थल सञ्चालन लगायतमा काम गर्न नसकेको गुनासो मतदाताको छ । एमाले सरकार हुँदा अगाडि बढेको विमानस्थल सञ्चालनको निर्माण कार्य कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि रोकिएको छ । विमानस्थलको रनवे निर्माण क्षेत्रमा सेनाले तारबार गरेपछि काम रोकिएको छ । अवरोध हटाएर निर्माण कार्य अगाडि बढाउन कांग्रेसले अग्रसरता लिन नसकेको अवस्था कांग्रेस उम्मेदवार लेखकका लागि घाँडो बनेको छ । लेखकले आपफ्लूाई जिताए जनताका लागि काम गर्ने आश्वासन भने बाँडिरहेका छन् ।
प्रदेशसभा ३(१) मा राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको तालमेलमा नेकपा एमालेले धर्मराज जोशीलाई समर्थन गरेको छ । सत्तारुढ गठबन्धनबाट ३(१) मा प्रकाश रावल र टेकेन्द्रप्रसाद भट्ट तथा ३(२) मा बेलबहादुर राना उम्मेदवार छन् ।
कञ्चनपुरको २ नम्बर निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार तथा निवर्तमान सांसद नरबहादुर धामीले एमाले सरकार हुँदा भएका विकासका कामलाई एजेन्डा बनाएर अभफ् ैविकास गर्ने भन्दै मत मागिरहेका छन् । धामीले दुर्गम गाउँमा कालोपत्रे सडक पुर्याएको, पुल–पुलेसा निर्माण गरेको, दैजी–छेला औद्योगिक क्षेत्र निर्माण कार्य अगाडि बढाएको, महाकाली सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा राखेर धमाधम काम गराएको, शुक्लापफँटा बहुप्राविधिक शिक्षालय स्थापना गराएको, पालिकाहरू चत्रफ्पथ निर्माणमा सहयोग गरेको कुरालाई एजेन्डा बनाएका छन् । अगाडि बढिसकेका कतिपय काम पूरा गर्नुपर्ने, सेवासुविधा विस्तार गर्नुपर्ने भएकाले आपफ्लूाई मतदान गर्न धामीले आग्रह गर्दै आएका छन् ।
२ नम्बर क्षेत्रमा शुक्लापफँटा आरक्ष विस्थापितको समस्या प्रमुखताका साथ उठ्ने गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला संकटकालमा विभिन्न ठाउँका बस्ती उठाएर विस्थापित गरिएको थियो । पछिल्लोपटक देउवा प्रधानमन्त्री हुँदा ७ दिनभित्र समस्या समाधान गर्छु भनिए पनि चुनावसम्म समस्या कायमै रहेकोप्रति पीडित आत्रफेशित छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला अध्यक्ष सुरेन्द्र बमको नेतृत्वमा गठन भएको कार्यदलले विस्थापितलाई प्रतिपरिवार १० कट्ठा जग्गा वा ६० लाख रुपैयाँ नगद दिन सिपफरिस गरेको थियो तर विस्थापित परिवारले मन पराएको सिपफरिसलाई अलपत्र पारेर देउवा सरकारले छुट्टै कार्यदल गठन गरेको छ । कार्यदल मात्रै गठन गर्ने र समस्या समाधान नगर्ने प्रवृत्तिप्रति आरक्ष विस्थापित असन्तुष्ट छन् । कांग्रेसको पालामा सिर्जना भएको आरक्ष विस्थापित समस्यामा मतदाता पटक–पटक ठगिए पछि यसपालि कांग्रेस उम्मेदवार एनपी साउँदसँग लिखित प्रतिबद्धता मागिएको छ तर उम्मेदवार साउँदले लिखित प्रतिबद्धता दिएका छैनन् । उम्मेदवार साउँद पटक–पटक सांसद र मन्त्री हुँदा यस क्षेत्रका लागि के काम गरे भनेर मतदाताले प्रश्न गरिरहेका छन् ।
प्रदेशसभातपफर्् २(१) मा नेकपा एमालेबाट वचनबहादुर सिंह र गठबन्धनबाट नेकपा माओवादी केन्द्रका ओमवित्रफ्म भाट उम्मेदवार छन् भने २(२) मा नेकपा एमालेबाट कृपाराम राना तथा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका लालबहादुर खड्का र नेपाली कांग्रेसका बहादुरसिंह थापा उम्मेदवार छन् ।
१ नम्बर क्षेत्रमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार पूर्व मन्त्री बिना मगर र नेकपा एमालेका उम्मेदवार पूर्व मन्त्री तारालामा तामाङबीच प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा हुँदैछ । बिना मगरले चुनाव जितेर मन्त्री भइसकेपछि केही काम गर्न नसकेको गुनासो छ । २०७४ सालको चुनावमा उम्मेदवार बिनाले १९ वटा कामलाई प्राथमिकतामा राख्दै ती काम गर्ने आश्वासन दिएकी थिइन्, ती काम पूरा नभएपछि अहिले मतदाताले बिनालाई प्रश्न गरिरहेका छन् । गत चुनावमा बिनाले प्रत्येक स्थानीय तहमा खेलकुद मैदान बनाउने, चारै स्थानीय तहमा व्यवस्थित पफेहोर व्यवस्थापन केन्द्र बनाउने, बेलडाँडीबाट शुक्लापफँटा निस्किने पर्यटकीय बाटो बनाउने, सांस्कृतिक केन्द्र निर्माण गर्ने, दुग्ध उद्योग स्थापना गर्ने, कोल्ड स्टोर निर्माण गर्ने, खाली ठाउँमा पार्क निर्माण गर्ने, मत्स्य प्रवर्द्धन केन्द्र स्थापना गर्ने, प्रत्येक स्थानीय तहमा पुस्तकालय बनाउने, बेलौरी र पुनर्वासलाई स्मार्ट सिटी बनाउने, सीमा सुरक्षा प्रत्याभूति हुने गरी नीतिगत पहल गर्ने, पर्यटकीय केन्द्र बनाउन गुरुयोजना निर्माण गर्ने, कृषि क्याम्पस स्थापना गर्ने, स्वास्थ्य क्षेत्रको स्तरोन्नति गर्ने, वृद्धवृद्धा र एकल महिलाका लागि सेवा केन्द्र स्थापना गर्ने, एक वडा एक सहकारीको अवधारणा लागू गर्ने, निर्वाचन क्षेत्रमा औद्योगिक ग्राम स्थापना गर्ने, प्राविधिक कलेज स्थापना गर्ने र हात्ती नियन्त्रणका लागि तारबार लगाउने भनेर भोट मागेकी थिइन् तर उनी मन्त्री हुँदा समेत यी काम भएनन् । उनी चुनाव जितेपछि जनसम्पर्कमा समेत नरहेकी मतदाताको गुनासो छ ।
एमाले उम्मेदवार तामाङले केही महिना प्रदेश सरकारमा आर्थिक मामिलामन्त्री हुँदा सडक निर्माण लगायत थुप्रै योजना ल्याएका छन् । उनी मिलनसार र जनसम्पर्कमा सिपालु नेता मानिन्छन् । लामो समयदेखि कञ्चनपुरको दक्षिणी क्षेत्रमा स्थापित नेता भएकाले यसपालि उम्मेदवार तारातिर आकर्षण बढ्दो देखिएको छ । गठबन्धनभित्रकै बिनाप्रतिका असन्तुष्ट मतहरू तारातिर आउने चर्चा छ ।
प्रदेशसभातपफर्् १(१) मा नेकपा एमालेबाट वीरबहादुर थापा र नेपाली कांग्रेसका बन्धु राना उम्मेदवार छन् भने १(२) मा नेकपा एमालेबाट पल्लबराज भट्ट र नेपाली कांग्रेसबाट दिवानसिंह विष्ट उम्मेदवार रहेका छन् ।
वर्षौंसम्म ढाँटेपछि एनपी साउँदसँग लिखित माग्दै मतदाता, भने – हामी मान्दैनौं
भफ्लारी । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको संयोजक सुरेन्द्र बम नेतृत्वको शुक्लापफँटा आरक्ष विस्थापित समस्या समाधान कार्यदलले प्रतिपरिवार १० कट्ठा जग्गा वा ६० लाख रुपैयाँ दिनुपर्ने सिपफरिससहित सरकारलाई प्रतिवेदन बुभफयो तर राजनीतिक खिचातानीसँगै ओली सरकार ढल्यो ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछि कञ्चनपुरका विभिन्न शिविरमा रहेका आरक्ष विस्थापित चिन्तित भए । बम कार्यदलको सिपफरिसप्रति सन्तुष्ट रहेका आरक्षपीडितहरू देउवा सरकार आएपछि सिपफरिस कार्यान्वयन हुने हो कि होइन भनेर चिन्तित थिए ।
कञ्चनपुरबाटै चुनाव लड्दै आएका नेता एनपी साउँदमापफर््त आरक्ष विस्थापितहरू प्रधानमन्त्री देउवालाई भेट्न काठमाडौं पुगे । देउवा र साउँदले ७ दिनभित्र आरक्षपीडित समस्या समाधान हुने प्रतिबद्धता जनाए तर ७ दिनभित्र समस्या समाधान भएन ।
यतिबेला एनपी साउँद तिनै आरक्षपीडितसँग मत माग्न कञ्चनपुर आएका छन् । २०५८ सालमा संकटकालका बेला देउवा नेतृत्वको सरकारले नै आरक्ष विस्तारका लागि सयौं परिवारलाई विस्थापित गरेको थियो ।
चुनावमा भोट माग्दै गर्दा नेपाली कांग्रेसका उम्मेदवार साउँदले आरक्षपीडित समस्या समाधान गर्ने वाचा गरिरहेका छन् तर पीडितले पत्याइरहेका छैनन् । मतदाताले साउँदसँग लिखित प्रतिबद्धता मागिरहेका छन् । केही हप्ताअघि कृष्णपुरको वाणीमा भएको चुनावी कार्यत्रफ्ममा आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष कर्णबहादुर चन्दले उम्मेदवार साउँदसँग लिखित प्रतिबद्धता मागे । उनी कांग्रेसनिकट नै मानिन्छन् । कांग्रेसले आरक्षपीडितलाई लामो समयदेखि धोका दिएको उनको गुनासो थियो । आरक्षपीडितले लिखित माग्दा पनि साउँदले लिखित दिएनन् ।
यस्तै घटना मंगलबार शुक्लापफँटा नगरपालिका–१२ को चुनावी सभामा दोहोरियो । उम्मेदवार साउँदले वनहरा नदीमा पक्की पुल बनाउने प्रतिबद्धता जनाउँदै मतदाताले पत्याएनन् । उनी लामो समय सांसद र मन्त्री हुँदा विकास–निर्माणका काम गर्न नसकेको गुनासो छ ।
तिल्कीका लक्ष्मण रानाले लिखित वाचापत्रमा हस्ताक्षर गरेर दिन माग गरे तर उम्मेदवार साउँदले लिखित गर्दा त्यसको पफेटो खिचिने र पफ्सेबुकमा राखिने भन्दै लिखित नगर्ने बताए ।
उम्मेदवार साउँदको जवापफ् सुनेपछि स्थानीय रानाले भने, ‘तपाईं वाचापत्रमा हस्ताक्षर गर्दैन भन्नुभयो नि ! यसरी हामी मान्दैनौं । भोलि भागबण्डा नमिल्दा कांग्रेस र माओवादीको गठबन्धन पफ्ट्युो भने के हुन्छ ? हामी पफ्स्छौं बीचमा ।’
मतदाताले लिखित नै माग गर्ने गरे पनि उम्मेदवार साउँद लिखित नदिई पर्फ्किने गरेका छन् । साउँदले नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद नरबहादुर धामीसँग प्रतिस्पर्धा गरिरहेका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी