२०८१ मंसिर ६, बिहिबार
कञ्चनपुर, २७ साउन
हिन्दुधर्म अनुसार कालो महिनाको रुपमा गनिने साउन महिनामा देविदेवता कैलास जान्छन् । देविदेविता मानव बस्ती छाडेर कैलाश गएका बेला भुतपे्रतले मानिसलाई आक्र्रमण मान्यताछ । पहाडी समुदायले साउन १ गतेदेखि घर घरमा भुतपे्ररत को आक्र्रमणबानट जोगाउन हिन्दुशास्त्र अनुसार घर घरमा झिझिरकाँडी लगाउँछन , भने थारु समुदायले दाजुभाईको दिर्घ जिवनका लागि साउने डोला अर्थात तिज पर्व मनाउँछन ।
साउन महिनापनि मानव सभ्यताका लागि जति महत्वपूर्ण उति मानव सभ्यता जोगाउनका लागि जोखिमपूर्ण महिनाको रुपमा लिईन्छ । विज्ञानका अनुसार वाढिपहिरो भेल आउने महिना पनि साउनै हो । साउन महिनामा हरेक सोमबार महिला आफ्न्तका लागि व्रस्त बस्छन, धार्मिक पिठमा पुजा गर्दै आएका छन । साउन महिनाभरी कञ्चनपुर कैलालीमा राना थारु समुदायमा तिजको रौनक छाएको छ । गाँउ गाँउमा परम्परागत पिङ लगाएर खेलिरहेका छन् । पिङखेल्दै महिला फाग गाईरहेका छन् । यो सबै दाजुभाईको दिर्घायुका लागि हो ।
कञ्चनपुर राना समुदायका अगुवा अमर रानाले साउन महिनामा राना थारु समुदायले साउने डोलाको रुपमा दिवस मनाउँदै आएको बताए ।
रानाले पहिला पहिला आफुहरुले बचपनादेखि नै तिज मनाउने गरेको बताउदै उनले अहिलेका पुस्ताले परम्परागत पहिरन लगाउन छाडेकोमा चिन्ता व्यक्त गरिन् । ‘हामीहरुले बचपनादेखि नै परम्परागत पहिरन लगाए नै तिज मनाउँथे, ‘उनले भनिन, ‘अहिलेका पहिरन नै लगाउँदैनन्, कतै सस्कृति लोभ हुने चिन्ता जाग्यो ।’ सामुहिक पिङ्गखेल्ने र गित गाँउने चलनलाई साउने डोला पनि भनिन्छ ।
बेदकोट नगरपालिका ६ सिसैयाकी प्रेमबती रानाले राना थारु समुदायमा नमाईने तिज परापुर्वदेखिको पर्व भएको बताईन् । ‘यो आजको परम्परा संस्कृति होईन, ‘परापुर्वदेखि मनाउँदै आएको संस्कृति हो, ‘उनले भनिन, ‘मुख्य गरेर दाजुभाईको दिर्घ जिवनका लागि हो ।’ साउन पहिलो सातादेखि मनाईने पर्व एक साता औपचारिक रुपमा माईन्छ । तर पिङ्गभने महिनाभरी खेल्छन् । ‘सबै महिला व्रर्त बसेर दाजुभाईको कामना गर्दछ, ‘उनले भनिन, ‘साँझ मात्रै पुजाआजा गरेर खाना खान्छन् ।’ बिहानैदेखि व्रत, दिनभरी राना थारुको परम्परात खाने परिवार खान्छन् । नदीमा कुसको गाँठो बनाएर बगाएपछि मात्रै खाना खान्छन् । परम्परागत पहिरनमा सजिएर पिङ्ग खेल्नेदेखि पुजा गर्ने प्रेमबतीले बताईन् ।
राना थारु समुदायका जनप्रतिनिधी समेत रहेका बेदकोट नगरपालिका ६ का वडाध्यक्ष फ्टटे रानाले राना थारु समुदायको साउनको तिज दोस्रो ठुलो पर्वको रुपमा लिन्छन् । ‘राना थारु समुदायको होली सबैभन्दा ठुलो पर्व हो, ‘उनले भने, ‘त्यसपछिको साउनको तीज नै हो ।’ उनले दाजुभाईको कामना र सुख, शान्ति र प्रगतिका लागि महिला व्रत बसेर तिज मनाउने गरेको बताए । औपचारिक रुपमा तिज बिर्सजन गरेपछि पनि पिङ भने साउन महिनाभरी खेल्ने गरेको उनले बताए । राना थारु समुदायको लोक सस्कृति, भाषा समेत सरकारले सुचिकृत गरेकाले राना समुदायले मनाउने पर्व समेत संरक्षण हुने अपेक्षा गरे ।
सुदूरका राना थारु समुदाय साउने डोला अर्थात तीजको रौनक कञ्चनपुरको भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुनर्वास, बेलौरी बेलडाँडी लालझाडी स्थानीय तहका गाँउ गाँउ टोलमा तिज मनाईदै छ । असारमा रोपाई सकिएसंगै साउनको पहिलो सातादेखि तिजको रौनकले रोपाईको थकान समेत हट्ेको छ । बालबालिकादेखि बृद्धबृद्ध तीजमा रमाएका छन् । सुदूरको कैलाली कञ्चनपुरमा रहेका राना थारु समुदायको लोक संस्कृति संरक्षणका लागि स्थानीय तहले समेत प्रबिद्धता जाहेर गरेका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी