२०८१ मंसिर १०, सोमबार
दोधारा । केहि बर्ष अगाडी प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा सेवा प्रवाह प्रति असुन्तुष्टि रहेको थियो । स्वास्थ्य केन्द्रमा आउने बिरामीहरुले उपचार सेवा राम्रो नपाउने र अस्पतालमा आवश्यक उपकरण सहित डाक्टरहरु नहुदा कुनै बेला अस्पताल प्रति जनबिश्वास घट्दो थियो । आन्तरिक व्यवस्थापनको फितलो, राजनितिक तरलता र वाह्रय बाताबरण सहित पूर्वाधारको अभाबले स्वास्थ्य केन्द्र आफै बिरामी परेजस्तो थियो । तर अहिले दोधारा चाँदनी नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा ५ जना डाक्टरले नियमित सेवा प्रवाह गर्दै आएका छन् । दोधारा चाँदनी नगरपालिकामा नयाँ स्थानिय सरकार आगमन संगै प्राथमिक स्वास्थ्य केन्द्रको सेवा सुबिद्यामा आधुनिकता पाउदै आएको छ् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, नगर प्रबक्ता तथा प्राथमिक स्वास्थ्य केन्द्र दोधारा ब्यवस्थापन समिति अध्यक्ष ओंम बस्नेतको पहलमा प्राथमिक स्वास्थ्य केन्द्रले दिने सेवा सुिबद्यामा आधुनिकरण हुदै आएको स्थानियहरुले बताएका छन् । २ दिन अघि एक कार्यक्रमको बिच केन्द्रमा अन्तरङ्ग सेवा सुचारु भएको लगत्तै आज प्राथमिक स्वास्थ्य केन्द्रमा एक डाक्टर थपिएका छन् । आज एक कार्यक्रमको बिच निकसाईमन ईन्स्च्युट (एनएसआई) ले पठाएको जरनल फिजिसिएन डा. पवन कुमार शाहलाई स्वागत गरिएको छ् । अहिले आएर प्राथमिक स्वास्थ्य केन्द्रमा ६ जना डाक्टर कार्यरत रहेका छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा डा. शुशिल जोशी, डा. राजेश जोशी, डा.आशिक मंसुर, डा. असित पोखरेल, डा. जयनन्दन शाह संगै जरनल फिजिसिएन डा. पवन कुमार शाह थपिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता तथा प्राथमिक स्वास्थ्य केन्द्र दोधारा ब्यवस्थापन समिति अध्यक्ष ओंम बस्नेतले जनाएका छन् । निकसाईमन ईन्स्च्युट (एनएसआई) ले पठाएको जरनल फिजिसिएन डा. पवन कुमार शाहको स्वागत कार्यक्रममा दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु, वडा नं. ३ का वडाध्यक्ष हरिसिंह धनाडी, वडा नं. ५ का वडाध्यक्ष केशव खत्री, दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता तथा प्राथमिक स्वास्थ्य केन्द्र दोधारा ब्यवस्थापन समिति अध्यक्ष ओंम बस्नेत, वडा नं. ९ का वडाध्यक्ष गोपिलाल कडेंल, दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, स्वाथ्यकर्मीको उपस्थिती रहेका थियो । निकसाईमन ईन्स्च्युट (एनएसआई) ले पठाएको जरनल फिजिसिएन डा. पवन कुमार शाहको आवागमन संगै केही दिन भित्र प्राथमिक स्वास्थ्य केन्द्रमा गर्भवती महिला र अन्य स–साना शल्यक्रिया सेवा संचालन गरिने तयारी भईरहेको दोधारा चाँदनीका नगरप्रबक्ता तथा प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका अध्यक्ष ओंम बस्नेतले बताएका छन् । प्राथमिक स्वास्थ्य केन्द्रको पुरानो अवस्थालाई सुधार गरी ब्यावस्थीत र सुबिद्या सम्पन्न १५ सय्याको अस्पतालका रुपमा बिकास गरिन थालेको नगर प्रबक्ता बस्नेतले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी