२०८१ मंसिर १०, सोमबार
दोधारा । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख र वालवालिका बिच एक दिने अन्तरक्रिया आजबाट सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा न.. ७ स्थित रहेको लक्ष्मी माध्यमिक बिद्यालयमा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु र बिद्यार्थी बिच एक दिने अन्तरक्रिया सम्पन्न भएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । दोधारा चाँदनी नगरपालिकामा रहेका माध्यमिक बिद्यालयका बिद्यार्थीहरु संग एक दिने छलफल गर्ने कार्यक्रम अनुरुप आज दोधारा चाँदनी नगरपालिका– ७ मा रहेको लक्ष्मी माध्यमिक बिद्यालयका बिद्यार्थीहरु संग अन्तरक्रिया गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रतिनिधी तथा खरिदार राजु गुरुङ्गले जनाएका छन् । कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर, लक्ष्मी माध्यमिक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ईन्द्र बहादुर रावत, सहायक प्रधानध्यापक टिकाराम शर्मा, शिक्षक हरिशंकर बिष्ट लगाएत कक्षा ८, ९, १०, ११ र १२ का बिद्यार्थीहरुको उपस्थिती रहेका थिए । कार्यक्रममा बिद्यालयमा रहेको समस्या र त्यसका निराकणको लागी के गर्नु पर्छ भन्ने बिषयमा छलफल गरिएको थियो । बिद्यार्थीहरुले बिद्यालयमा भएका समस्या र समाधानको निम्ती गर्ने कार्यको बारेमा दोधारा चाँदनी नगरपालिकाका मेयर लिम्बुलाई सुनाएका थिए । बिद्यालयमा खानेपानीको समस्या, शौचालयको सरसफाई, शिक्षक दरबन्दी, फर्निचर निमार्ण र मर्मत लगाएत समस्या रहदै आएको बिद्यार्थीहरुले दोधारा चाँदनी नगरपालिकाका मेयर लिम्बुलाई सुनाए । बिद्यार्थीहरुले बिगतका तुलनामा बिद्यालयले प्रगती गर्दै आएपनि बिद्यालयलाई समय सापेक्ष आधुनिकरण गर्न नसकिएको गुनासो बिद्यार्थीहरुको छ् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बिद्यार्थीहरुको समस्यालाई आत्मसाथ गर्दै बिद्यालयका रहेको भनिएको कतीपय समस्या बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारीले गर्ने देखिएको र केही बिद्यालयका समस्या नगरपालिका कार्यालयले गर्नु पर्ने रहेको बताएका छन् । बिद्यालयहरुले सुनाएको समस्या समय सान्द्रभिक रहेको बताउदै दोधारा चाँदनीका मेयर लिम्बुले बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारी संग छलफल र सहकार्य गर्दै बिद्यार्थीहरुले औल्याएको समस्या निराकण गर्नेमा दोधारा चाँदनी नगरपालिका कार्यालय प्रतिबद्ध रहेको बताएका छन् । कार्यक्रममा बिद्यार्थीहरुले बिद्यालय हाता भित्र मोवाईल फोनको प्रयोग नगर्ने र अनिवार्य बिद्यालय पोशाक लगाएर बिद्यालयमा उपस्थिती हुने दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु समक्ष बिद्यार्थीहरुले प्रतिबद्धता जाहेर गरेका छन् । आफ्ना मेयर संग प्रत्यक्ष भेट गरि समस्या राख्न पाएपछि बिद्यार्थीहरु खुशी भएका हुन् । दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रतिनिधी तथा खरिदार राजु गुरुङ्गले दोधारा चाँदनी नगरपालिका कार्यालयको नगर स्तरिय कार्यक्रम अनुसार मेयर र बिद्यार्थीको बिच एक दिने अन्तरक्रिया दोधारा चाँदनी नगरपालिका स्थित रहेको ७ वटा माध्यमिक बिद्यालयमा रहेको हुदा आज देखि सुरुवात गरिएको बताएका छन् । दोधारा चाँदनी नगरपालिकामा लक्ष्मी, भानु, शारदा सरस्वती, शंकरपार्वती, अम्बीका, जनज्योती, महाकाली माध्यमिक तहका बिद्यालयहरु छन् । नगर प्रमुख र बिद्यार्थीको बिच प्रत्यक्ष अन्तरक्रियाले शिक्षा क्षेत्रमा रहेको समस्यालाई निराकण गर्दै बिद्यार्थीको उज्वल भविष्य निमार्णमा सहज हुने अपेक्षा गरिएको छ् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी