२०८१ मंसिर ९, आईतबार
दोधारा । जनजातीहरुको लोप हुदै गएको नौमती बाजाको आज एक कार्यक्रमको बिच उद्धघाटन गरिएको छ् । गएको आर्थिक वर्षमा नेपाल आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद्ले जनजातीहरुको पहिचान लोप हुदै गएको भन्दै आफ्नो सास्कृती र परम्परालाई जोगाईराख्न नौमतीबाजा खरिद गरेको थियो । उक्त खरिद गरि ल्याएको बाजालाई आज एक कार्यक्रमको बिच उद्धघाटन गरिएको छ् । उद्धघाटन कार्यक्रममा शुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर राना, दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, दोधारा चाँदनी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष ओंम प्रकाश रोकाया, नेपाल आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद् दोधारा चाँदनीका पदाधिकारी लगाएत स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो । उद्धघाटन कार्यक्रममा अतिथीहरुले नौमती बाजा बजाएर बाजाको उद्धघाटन गरेका थिए । पहिला जस्तो गरी रमाइलो गर्ने र बाजा बजाउने चलन अन्त्य हुन पुगेको छ् । हाम्रो सास्कृती र परम्परालाई जोगाई दोधारा चाँदनी नगरपालिका क्षेत्रमा नौमती बाजाबज्ने भएको नेपाल आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद् दोधारा चाँदनीले जनाएको छ् । सनाई, नरसिङहा, कर्नाल, दमाह, ट्यांको, झ्याली, ढोलकी लगाएत नौमती बाजाहरु हुन् । नौमती बाजा नेपालको लोकबाजा भए पनि यसको उचित किसिमबाट संरक्षण हुन सकेको छैन । सनाई, नरसिङहा, कर्नाल, दमाह, ट्यांको, झ्याली, ढोलकी लगाएत बाजाहरुको राज्यबाट संरक्षणका लागि चाँसो देखाउन सके नेपाली कला, संस्कृति संरक्षण हुने र नेपालीपन रहिरहने बताईएको छ् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी