२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर । कञ्चनपुरमा राईट स्टेप एजुकेसन प्रालीले कम्प्युटरमा दक्ष बनाउनका लगि बिधार्थीहरुलाई कम खर्चमा बढी ज्ञान प्रदान गर्दै आएको छ । कञ्चनपुर लगायत देशैभरमा एसईई दिएर बसेका बिधार्थी तथा माथिल्लो कक्षामा अध्ययनरत भईरहेको बिधार्थीहरुलाई कम शुल्कमा कम्प्युटरको डिप्लोमा सम्म अध्ययन गराएर बिधार्थीहरुलाई टेक्नोलोजी तथा कम्प्युटर अध्ययन गराएर उनीहरुको भविश्य उज्जवल बनाउने लक्ष्य रहेको संस्थाका डाईरेक्टर दिपेन्द्र शर्मा पौडेलले जानकारी दिए । स्थानिय तहलाई प्राविकधिक दक्ष जनशक्ति तयार गरेर अध्ययन गर्दै गरिरहेका बिधार्थीहरुलाई कम्प्युटरको ज्ञान प्रदान गरी उनीहरुलाई समय अनुसार प्राविधीक शिक्ष्ष दिएर बिगत ११ वर्ष देखी देशका ५८ वटा जिल्लामा रहेर बेरोजगार बसेका बिधार्थीहरुलाई आईटीको क्षेत्रमा उनिहरुले आफनो भविश्य बनाउन भन्ने हाम्रो उदेश्य रहेको अवस्थामा जिल्लामा पनि विगत ५ वर्षदेखी बिधार्थीहरु उत्पादन गर्दै आएको उनले बताए । जिल्लामा दोधा।ा चाँदनी नगरपालिका, भीमदत्त नगरपालिका, शुक्लाफाँटा नगरपालिका, र कृष्णपुर नगरपालिकामा हरेक वर्ष एक पालिकामा ४ सय जना बिधार्थीहरुलाई सेवा दिई रहेको र अब छिटटै बेलौरी बेलडाँडी पालिकामा पनि सेवा विस्तार गर्ने उनले बताए । वार्षिक ६ हजार देखी १० हजार कम्प्युटर सम्बन्धि ५ वटा विषयमा अध्ययन गराएर उनीहरुलाई सर्टिफिकेट पनि प्रदान गरी दक्ष प्राबिधिक बनाएर पठाउने उनले बताए । अहिले पनि कञ्चनपुर जिल्लाका बिभिन्न पालिकामा रहेका कम्प्युटर अपरेटरमा आफनै संस्थाबाट अध्ययन गरेका बिधार्थीहरुले काम पाएको संस्थाका डाईरेक्टर दिपेन्द्र शर्मा पौडेलले दाबी गरे । कम्प्युटर कहिले पनि नसिकेको बिधार्थीहरुलाई पनि सुरुवात देखी लिएर कम्प्युटर सफट्वयर तथा ग्रफिक, कम्प्युटर अकाउन्ट अन्तिममा कम्प्युटर हार्डवयर नेटवर्किङ पनि पढाउने र कम्प्युटरमा मास्टर पनि गराईने उनले बताए । देशैभरमा मानयता प्राप्त तथा बिदेशमा पनि मान्यता हुने सर्टिफिकेट प्रदान गर्ने उनले बताए । पूर्व बिधार्थी अनिता ओझाले गत वर्ष यसै संस्थाबाट कम्प्युटर सिकेर अहिले टिभिएसको कम्पनीमा जागिर पाएर कम्प्युटर सम्बन्धि सिकेको ज्ञान त्यँहा प्रयोग गरिरहेको उनले बताईन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी