२०८१ चैत्र २५, सोमबार
महेन्द्रनगर:
बैतडीकाे पञ्चेश्वर गाउँपालिका-४ की२१ वर्षीया माया लुहार प्रकरणका आराेपी महेन्द्रनगरबाट पक्राउ परेका छन् । मायाकाे हत्या गरेकाे अभियाेगमा शिवनाथ गाउँपालिका- ४ का भरतराम काेली महेन्द्रनगरबाट पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पुष्कर पन्तका अनुसार कोलिलाइ महेन्द्रनगरबाट पक्राउ परेकाे पुष्टि गरे । प्रहरी निरीक्षक पन्तले आइतबार बिहान सवा १० बजे तिर महेन्द्रनगरको बसपार्क क्षेत्र तिर डुलिरहेकाे अवस्थामा काेलीलाई पक्राउ गरिएकाे जानकारी दिए । २२ वर्षीय काेली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पाेखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत रहेका छ्न ।
प्रहरी निरीक्षक पन्तले पक्राउ परेका काेलीलाई बैतडी प्रहरीलाई बुझाइने बताए । माया लुहारको हत्या कान्ड बारे जिल्ला प्रहरी कार्यालयले नै अन्य अनुसंधान गर्ने भएकाले निज कोलि लाई बैतडी नै पठाइने बताए ।
माया गत बुधबार शिवनाथ गाउँपालिकामा घाँटी रेटेकाे अवस्थामा मृत भेटिएकि थिइन भने उनकै भदैनी बैतडीको पञ्चेश्वर गाउँपालिका – ४ की सैलोडाकी १५ बर्षीय नेहा लुहार घाटी रेटिएको अवस्थामा भेटिएकी थिइन । घाइते नेहाको डडेल्धुरा स्थित उप क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । पक्राउ परेका काेली र माया प्रेम सम्बन्धमा रहेका थिए । प्रेम सम्बन्धमा केही खटपट भएका कारण घटना भएको हुनसक्ने अनुमान रहेको छ । प्रहरीले घटनाबारे अनुसन्धानपछि मात्र थप कुरा खुल्ने जनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय