२०८१ मंसिर ९, आईतबार
दोधारा । दोधारा चाँदनी नगरपालिकामा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजनाले गरेको कार्यको अनुगमन गरिएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाले गरेको कार्य प्रगतीको स्थलगत अनुगमन गरिएको हो । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनार, बाताबरण बिज्ञ गणेश ठगुन्ना, डिसीए नेपाल (सेभलाईफ) का मेनेजर दिनेश गुरुङ्ग, बाताबरण तथा जलवायु बिज्ञ राजन थापाले सुद्दढ परियोजनाले गरेको कार्य प्रगतीको अनुगमन गरेका हुन् । अनुगमन टोलीले दोधारा चाँदनी– १० अठार नम्वर पिल्लर बस्तीको जगबुडा नदीमा निमार्ण गरिएको जैविक तटबन्धका साथै स्थानियस्तरमा जिविकापार्जनको निम्ती परियोजनाले सघाएको टनेल खेतीको अनुगमन गर्दै स्थानियहरु संग परियोजनाले गरेको सहयोगको बिषयमा छलफल गरेका छन् । अठार नम्वर पिल्लर बस्तीमा परियोजनाले निमार्ण गरेको जैविक तटबन्धले कटानी रोकेर स्थानिय किसानहरुको जग्गा जोगाएको स्थानियहरुले टोलीलाई बताएका छन् । बिगतका दिनहरुमा जगबुडा नदीमा आएको बाढीले जग्गा कटानी गर्दै आएको र जैविक तटबन्ध निमार्ण भएपछि कटानी रोकिएको अनुगमनमा आएका टोलीलाई स्थानियबासी दिल बहादुर रानाले बताएका छन् । ‘जैविक तटबन्ध निमार्णले हाम्रो जग्गा बचायो’ दिल बहादुर रानाले भने । अठार नम्वर पिल्लर बस्ती दोधारा चाँदनी नगरपालिकाको दुर्गम बस्ती हो । भारतको सिमाना संग जोडिएको अठार नम्वर पिल्लर बस्तीमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजनाले जैविक तटबन्ध संग स्थानियहरुको जिविकापार्जनमा सघाएको भन्दै स्थानियहरु खुशी भएका छन् । परियोजनाले जैविक तटबन्ध निमार्ण कार्यमा रु. ४ लाख ४४ हजार ४ सय ६१ लगानी लगाएको थियो भने, स्थानियको श्रमदानबाट रु. ७८ हजार ६ सय ३२ रुपिँया गरि जम्मा रु. ५ लाख २३ हजार ९४ रुपिँयाको लागतमा तटबन्ध निमार्ण गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताएका छन् । यस्तै बस्तीमा परियोजनाको लागत रु. ४६ हजार, समुहगत लागत रु. ११ हजार गरि जम्मा रु. ५७ हजार रकम बराबरको टनेलमा तरकारी उत्पादन गरि स्थानियहरुको जिवीकापार्जनमा परियोजनाले सघाएको छ् । दोधारा चाँदनी नगरपालिकाको बिभिन्न वडाहरुमा जिवीकोपार्जनको निम्ती स्थानियहरुलाई कृषी क्षेत्रमा आवद्ध गराएर उत्पादन बढाउने कार्यमा परियोजना लागिपरेको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा परियोजनाले विपद् पूर्व तयारीलाई प्रभावकारी बनाउनुको साथै स्थानियहरुको जिवीकापार्जन तथा मझौला खालका ब्यवसायीहरुलाई सघाउदै आएको बताईएको छ् । अनुमगन टोलीले दोधारा चाँदनी नगरपालिका बिभिन्न वडामा परियोजना गरेको कार्यको अनुगमन संगै प्रगतीको बिबरण संकलन गरेको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसीए नेपालको ‘बि रेडी’ परियोजनाले दोधारा चाँदनी नगरपालिकाको बाढीको उच्च जोखिममा रहेका वडा नं ८, ९ र १० मा विपद् पूर्व तयारीलाई प्रभावकारी बनाउन मोवाईल एप मार्फत सर्वेक्षण गर्दै छ् । वडा नं ८,९ र १० का सम्पूर्ण घरधुरीहरुको जोखिमको अवस्था, क्षमता, श्रोत साधन, संकटासन्नता र प्रकोपहरुको पहिचान गरी प्रत्येक घरधुरीहरुलाई विपद् जोखिमको अवस्थाको आधारमा डिजिटल डाटाबेस तयार गरी न्यून, मध्यम र उच्च जोखिम का आधारमा हरियो, पहेंलो र रातो गरी तीन तहमा वर्गीकरण गरी नक्सांकन गनै सर्वेक्षण सुरु गरेको हो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी