२०८१ मंसिर ६, बिहिबार
काँग्रेस कञ्चनपुरकी नेतृ तथा भीमदत्त नगरकी उपप्रमुख शुशिला चन्द(सिह)ले रमेश लेखक क्याम्प छाड्दै एनपी साउद क्याम्प बाट चुनावमा होमिएकी छिन । https://youtu.be/0zKr7Riomp8
नेपाली काँग्रेस क्षेत्र नम्बर ३की कोषाध्यक्ष रहेकी चन्दले लेखक क्याम्प छाड्दै एनपी साउद क्याम्पबाट क्षेत्रीय सचिवमा चुनाव लड्दै छिन । यस अघि उनी रमेश लेखक क्याम्पमा थिईन । उताबाट टिकट नदिएपछि एनपी क्याम्पसबाट क्षेत्रीय सचिवको चुनावी मैदानमा उत्रिएकी छिन । बुधबार भीमदत्त नगरपालिका कार्यालय आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै आशन्न काँग्रेसको १४औँ महाधिवेशनका लागि कञ्चनपुर क्षेत्र नम्बर ३बाट क्षेत्रीय सचिव पदका लागि उम्मेदवारी दिएको घोषणा गरेकी हुन । ‘म त विशुद्ध काँग्रेस हुँ, बालपनादेखि नै काँग्रेसमा थिए, अहिले पनि काँग्रेसै हुन, भोलीपनि काँग्रेस नै बन्छु, ‘उनले भने, ‘मैल असोजकै सचिव लड्ने फेसबुक मार्फत घोषणा गरेको थिए, तर पाईएन ।’
१३ औँ महाधिवेशनबाट क्षेत्रीय कोषाध्यक्षको जिम्मेबारीमा रहेकाले १४ औँ महाधिवेशनमा एक स्टेप माथि जाने सोचले सचिव रोजेको बताउदै उनले आफुले असोजतिर क्षेत्रीय सचिवको घोषणा गरेपनि अन्तिममा आएर आफ्नै मान्छे राख्ने काम गरिएको दुखेसो पोखिन् । ‘हामी कसै व्यक्ति समुहको होईन, ‘उनले भनिन, ‘निःस्वार्थ भएर देश र जनताको काम गर्नुपर्छ ।’ आफु चुनाव जितेर पार्टीलाई एकढिक्का बनाउने उनको योजना रहेको छ । काँग्रेस रमेश लेखक पक्षले उपमेयर चन्दमाथि पार्टीको काम भन्दा पनि कम्यूनिष्टसंग मिलेर उनीहरुकै योजनामा काम गरिरहेको आरोप लगाउँदै आएका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी