२०८१ मंसिर ६, बिहिबार
गैर आबसिय नेपाली संघ (NRNA)रास्ट्रिय समन्वय परिषद युएइको २०२३-२०२५ कार्यकालको लागी
सिन्धुपाल्चोक जिल्ला चौतारा सागाचोकगढी नगरपालिका -१४ रानीटारका निबासी कुमार श्रेष्ठले सचिब का लागि उम्मेद्बारी घोषणा गर्नु भएको छ।
को हुन त कुमार श्रेष्ठ ?
सिन्धुपाल्चोकमा स्थायी घर भएका श्रेष्ठ बिगत १५ बर्ष देखि युएइमा रोजगारीको शिलशिलामा हुनु हुन्छ । प्रबासको बसाइमा श्रेष्ठले दुबईमा रहेका नेपाली समुदायहरुमा आफ्नो छुट्टै पहिचान बनाउनु भएको छ। दुख तथा अलपत्रमा परेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुका लागि सारथि बन्न भएका श्रेष्ठले विभिन्न समयमा सामाजिक कार्य गर्दै धेरै नेपाली दाजुभाइलाई उद्घार र सहयोग गर्नु भएको छ। सस्थागतमा भने युएइमा रहेको सिन्घुपाल्चोक समाज तथा जनजाती समाजमा रहि काम गरि सक्नु भएको छ।
श्रेष्ठका सामाजिक कार्यहरु के के हुन?
श्रेष्ठ युएमा सन २००८ देखि श्रमका सिलसिलामा आउनु भएको हो। ट्याक्सी चालकको रुपमा कार्यरत श्रेष्ठले सामाजिक सस्थामा रहेर होस वा नहोस ,आफुले गर्न सकेको सहयोग विभिन्न समयमा गर्दै आउनु भएको छ। चाहे बिदेशमा अलपत्रमा परेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको घाउमा मलम पट्टि गर्न होस वा विभिन्न कारण बस कम्पनीमा समस्यामा परेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई नै किन नहुन अथवा भिजिट भिसामा युएइ आइ अलपत्र परि पार्कमा बस्न बाध्य नेपालीहरुलाई उद्घार तथा खानपान बन्दोबस्तीका लागि श्रेष्ठले अहोरात्र खटेर काम गर्दै आउनु भएको छ। तेस्तै नेपालमा जुरे पहिरो जादा सहयोग होस वा कोरोना संक्रमणकालमा समस्यामा परेकालाई उद्घार तथा सहयोगका लागि युएइमा श्रेष्ठको नाम अग्रपंतिमा आउँछ।
श्रेष्ठ एनआरएनए युइको सचिबको उम्मेद्बारी नै किन ??
गैर आबासीय नेपाली संघ( NRNA) युएइका सचिब उमेदवार कुमार श्रेष्ठ युइमा सबै नेपाली समुदायले चिनेको सामाजिक ब्यक्तित्व हुनु हुन्छ। पछिल्लो समय आफ्नै ब्याबसाय गर्दै आउनु भएका श्रेष्ठ भन्नू हुन्छ:
“अहिले सम्म १५ सालको प्रबास बसाइमा युएइ होस वा नेपालमा धेरै सामाजिक कार्यहरु गरे। यसलाई अझ निरंतरता दिने छु। विशेष गरि युएइ दुनियाँ कै ट्रान्जिट पोइन्ट भएकोले सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु यहाँ ठोकिनु हुन्छ । कति को त सहज हुन्छ त कति जानि नजानी धेरै समस्यामा परेको देखेको छु । यहाँ अन्य सामाजिक संघ सस्थाहरु र दूतावास संग समन्वय गर्दै यस्ता सामाजिक कार्यहरुमा महिले सहयोग गर्दै आए पनि अब अझ शशक्त तरिकाले गर्न एनआरएनए युएइको सचिबको भुमिकामा मेरो स्थान महत्त्वपूर्ण सम्झेको छु ।”
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी