२०८१ मंसिर ६, बिहिबार
महेन्द्रनगर । अछाममा मतदाताको संख्या एक लाख ५७ हजार १७ पुगेको छ । जिल्ला निर्वाचन कार्यालय अछामका अनुसार सबभन्दा बढी साँफेबगर नगरपालिकामा २२ हजार ७६ मतदाता र सबैभन्दा कम बान्नीगढी जयगढ गाउँपालिकामा ११ हजार ९०९ छन् । मंगलसेन नगरपालिकामा १९ हजार ९०४ मतदाता छन् । मेल्लेख गाउँपालिका १५ हजार ४३५ मतदाता छन् । चौरपाटी गाउँपालिकामा १४ हजार ७३९ मतदाता छन् ।
रामारोशन गाउँपालिकामा १४ हजार ४६५ मतदाता छन् । पन्चदेवल विनायक नगरपालिकामा १६ हजार २८६ मतदाता छन् । कमलजवार नगरपालिकामा १४ हजार १३४ मतदाता छन् । तुर्माखाँद गाउँपालिकामा १५ हजार ५७५ मतदाता छन् । ढकारी गाउँपालिकामा १२ हजार ४९५ रहेका छन् । जसमा महिला ६ हजार २२१ र पुरुष ६ हजार २७४ रहेका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी