२०८१ मंसिर ६, बिहिबार
कञ्चनपुर:
मानव तस्करीमा मुछिएका एमाले नेता एव कोषी प्रदेशका एक निर्वतमान कानुनमन्त्री पक्राउ परेका छन । जापानमा मानव तस्करीमा मुछिएका कोशी प्रदेशका निवर्तमान कानुनमन्त्री लीलाबल्लब अधिकारीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत, काठमाडौंले पक्राउ अनुमति दिएसँगै उनी पक्राउ परेका हुन् । पक्राउ अनुमतिसँगै काठमाडौं प्रहरीले उनलाई पक्राउ गर्न मोरङ प्रहरीलाई पत्राचार गरेको थियो । उनलाई आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको हो । सो प्रकरणमा हाल ६ जनालाई काठमाडौं प्रहरीले थुनामा राखी अनुसन्धान गरिरहेको छ । उनलाई २ दिन थुनामा राख्न अदालतले समेत अनुमती दिएको छ । यसरी मन्त्री भएकै एमाले नेता मानव तस्करीमा संलग्न भएपछि पाटीले उनलाई निलम्बन गरेको छ । अब कानुनी कार्बाही गर्छ कि गर्दैन भनेर नागरिक प्रतिक्षामा छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी