२०८१ फागुन २७, मंगलबार
महेन्द्रनगर:
भीमदत्त नगरपालिकाको १५ औं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगितामा देखाएको जबरजस्ती असफल भएको छ । भीमदत्तले समापन कार्यक्रममा विरोधको वास्ता नगरी बैजनाथ माध्यमिक विद्यालयलाई प्रदान गरेको राष्ट्रपति रनिङ्ग शिल्ड फिर्ता मागेर सिद्धनाथ माध्यमिक विद्यालय गड्डाचौकीलाई उपलब्ध गराएको छ ।
भीमदत्त नगर खेलकूद विकास समितिले मंगलबार विद्यालयमा कार्यक्रम गरी राष्ट्रपति रनिङ्ग शिल्ड प्रदान गरेको छ । भीमदत्त नगर खेलकूद विकास समितिका अध्यक्ष शरद र शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले विद्यालयका सहायक प्रधानाध्यापक अन्जु उपाध्ययलाई शिल्ड प्रदान गरे ।
प्रतियोगिता समापन कार्यक्रममा विद्यार्थी र शिक्षकहरुले शिल्ड बहिस्कार गरी नाराबाजी गरेका थिए । शिल्ड बहिस्कार ती दुबै विद्यालयले राष्ट्रिय खेलकूल परिषद्मा उजुरी दिएका थिए । परिषद्ले प्रतिस्पर्धा नभएको खेलमा पदक गणना गर्न नहुने निर्देशन दिएपछि गत माघ अन्तिम साता नगरपालिकाले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको नतिजा पुनवरालोकन गरेको थियो । नतिजा पुनवरावलोकनपछि बैजनाथ माविलाई शिल्ड फिर्ता गरी सहजीकरणका लागि पत्राचार गरेको थियो ।
नगरपालिकाको पत्राचार बैजनाथ माविले शिल्ड फिर्ता दिएपछि मंगलबार नगर खेलकूद विकास समितिले विद्यालयमा गएर शिल्ड प्रदान गरेको छ ।
विद्यालयका प्रधाध्यापक चुडामणी जोशीले नगर खेलकूद विकास समितिले विद्यालयमा आएर कार्यक्रम गरी शिल्ड प्रदान गरेको बताए ।
‘हामीले दुई विद्यालयले त्यहंी बेला आपत्ति जनाएका थियौ, त्यसको कुनै मतलब भएको थिएन, त्यसपछि राष्ट्रिय खेलकूद परिषद्सम्म निवेदन दियौ, कानुन अनुसार हुुनु पर्ने भनेका थियौ’ उनले भने,‘आज विद्यालयमा कार्यक्रम गरी दिइएको छ, यसका लागि नगरपालिकालाई धन्यवाद दिन चाहन्छौ ।’
पुस २० देखि २४ गतेसम्म कबर्ड हलमा प्रतियोगिता सञ्चालन गरिएको थियो । समापनमा बैजनाथ माविलाई शिल्ड दिएपछि दुबै विद्यालयबीच आपशमा समेत छलफल भएको थियो ।
शिल्ड वितरण कार्यक्रममा भीमदत्त नगरपालिकाको शिक्षा शाखा प्रमुख जोशीले राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता निर्देशिकाको अस्पष्ट व्यवस्थाले प्राविधिकरण कारण शिल्ड प्रदान गर्न नसकिएको उल्लेख गरे । उनले सिद्धनाथ मावि गड्डाचौकीका विद्यार्थीहरुले खेलमा उत्कृष्ठ प्रदर्शन देखाएकोमा प्रशंसा गरे ।
सिद्धनाथ माविले यस पटक चौथो पटक शिल्ड हात पारेको छ । गत वर्ष तेस्रो पटक जितेर शिल्ड पच गरेको थियो । यस पटक फेरि चौथो पटक शिल्ड हात पारेको हो । विद्यालयका सहायक प्रधानाध्यापक अन्जु उपाध्ययले विद्यालयमा आएर शिल्ड पाउँदा खुसी लागेको बताइन् ।
‘त्यही दिन पाउनु पर्ने हो, विद्यार्थी भाई बहिनीहरु निराश भएर फर्किए, नाराबाजी भयो, आज बल्ल शिल्ड पाएर हामी सबै खुसी छौ’ उनले भनिन् ।
विद्यालयका खेल शिक्षक नितेश रावलले भीमदत्त नगरपालिकाले आफूहरुको आग्रह नमानेर अघि बढ्दा समस्या आएको बताए । ‘जे भए पनि आएर शिल्ड पाएका छौ, खुसी छौ’ उनले भने,‘यसले हाम्रा विद्यार्थीहरुको हौसला बढेको छ, हामी खुसी छौ ।’
मार्शल आर्टस अन्र्तगत उशु खेलका बैजनाथ माविका १२ खेलाडी सहभागी भएका थिए । सहभागी अन्य विद्यालयका खेलाडी नभएपछि उनीहरु सबैलाई स्वर्ण पदक दिइएको थियो । खेलाडीलाई स्वर्ण दिएपछि विवाद भएको थियो ।
सिद्धनाथ र पूर्णा सहित विद्यालयले बैजनाथलाई स्वर्ण नदिन निर्णायक समितिमा निवेदन दिएका थिए । निर्णायक समितिले स्वर्ण दिने निर्णय गरेपछि विवाद समापन प्रतियोगितामा नाराबाजीसम्म पुगेको थियो ।
भीमदत्तको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिले राष्ट्रिय खेलकूल परिषद्को परिपत्रको आधारमा माघ २१ गते नतिजा पुनवरावलोकन गर्ने निर्णय गरेको थियो । प्रतियोगितामा सिद्धनाथ अमर मावि १२ स्वर्ण, ३ रजत र ९ कास्य र पूर्णा माविले १० स्वर्ण, ६ रजत र ६ कास्य प्राप्त गरेको थियो । पुनरावलोकनपछि बैजनाथ मावि ७ स्वर्ण, ४ रजत र १ कास्य भएको छ । उसुका १२ सहित यस अघि बैजनाथको १९ स्वर्ण थियो ।
भीमदत्तका मेयर पदम बोगटीको प्रमुख र उप मेयर निलम लेखक जोशीको विशिष्ठ आतिथ्यमा प्रतियोगिता समापन कार्यक्रम गरिएको थियो । शिल्ड वितरणमा विवाद आउने भएपछि मेयर बोगटी र उप मेयर जोशी कार्यक्रम छाडेर बाहिरिएका थिए ।
सिद्धनाथ अमर मावि गड्डाचौकीका खेल शिक्षक नितेश रावलले एकलौटी रुपमा बल मिच्याई गरी विजेता घोषणा गरिएपछि शिल्ड बहिस्कार गरिएको बताएका थिए ।
‘राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० को पाँचौ संशोधिन २०८०÷०८ ÷११ को परिच्छेद १ नियम ९ प्रतियोगिता सञ्चालन प्रक्रियाको उपनियम ५ र ११ विपरीत रहेको छ । पाचौं संसोधन २०८०÷०८÷११ विपरीत घोषणा छ’ उनले भनेका थिए, ‘नगर खेलकुद समितिले जानकारी गराईदिन अनुरोध गर्दै विद्यालयहरुले सामूहिक निवेदन दिँदा समेत भीमदत्त नगर खेलकुद समितिले विद्यालयहरुलाई कुनै जवाफ नै नदिई उपनियम ११ विपरीत विजयी घोषणा गरिएकाले शिल्ड लिएका छैनौ ।’
savar biklpa
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय