२०८१ फागुन २७, मंगलबार
शिवरात्रीसंगै कञ्चनपुरको दक्षिणी क्षेत्र शिवनगरमा भलिबल प्रतियोगिता भएको छ । बेलौरी नगरपालिका १०शिवनगरमा रहेको सिद्धेश्वर जय पृथ्वी क्लबको आयोजनामा भलिबल प्रतियोगिता आयोजना गरिएको हो । शिवरात्री लक्षित गरेर आयोजना गरिएको भलिबल प्रतियोगिताको बुधबार एक कार्यक्रमका विच समापन गरिएको छ ।
जिल्लाकै पुराना खेलाडी समेत रहेका नारायण जोशीले प्रतियोगितामा ११टिमको सहभागिता रहेको बताए । इलाका प्रहरी कार्यालय बेलडाँडीको टिम विजेता र आयोजक सिद्धेश्वर जय पृथ्वी क्लब उप विजेता भएको छ ।
बिजेता टिमले नगद २५ र उप विजेता टिमले नगद १५ हजार सहित ट्रपि प्रमाण पत्र पाएका छन । समापन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बीर बहादुर थापा(पातल)ले सस्कृतिसंगै खेलकुद प्रतियोगिताले थप ग्रामिण भेगको खेलकुद प्रर्बद्धनमा जोडदिए । मन्त्रीका स्वकीय सचिव समेत रहेका कञ्चनपुरका युवा राधाकृष्ण जोशी(ज्वाला)ले परापुर्वकालदेखि शिवनगरमा हुदै आएको शिवरात्रीसंगै प्रतियोगिताले थप धार्मिक, खेलकुद पर्यटनमा टेवा पुगेको बताए । सिद्धेश्वर जय पृथ्वी क्लबका अध्यक्ष तारा खडकाको अध्यक्षतामा भएको कार्यक्रममा सरोकारवाला सहभागि भएका थिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय