२०८२ चैत्र १९, बिहिबार


कञ्चनपुरः
सत्ताधारी दलहरुविच भागबण्डा नमिल्दा कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समिति पाँच महिनादेखि बिहिन भएको छ । गत १० चैत्र ०८१ मा कृष्णानन्द भट्ट(किरण) नेतृत्वको समितिको म्याद सकिएपछि अस्पताल समिति बिहिन भएको थियो ।
सुदूरपश्चिम प्रदेश सरकार समाजिक विकास मन्त्रालय मातहत रहेको जिल्लाको एकमात्रै प्रादेशिक अस्पतालमा सत्ताधारी काँग्रेस, एमालेविच भागबण्डा लुछाचुडीले महिनौँदेखि अस्पतालले अभिभावक पाउन सकेको छैन । महाकाली मात्रै होईन, सेती प्रादेशिक, टिकापुर सहितका प्रदेश सरकार मातहत रहेका सुदूरपश्चिमका अस्पताल अहिले समिति बिहिन भएका छन ।
काँग्रेस नेतृत्वको सुप प्रदेश सरकारमा एमाले पनि सत्ता साझेदार भएकाले दुवै दलविच भागबण्डाका लागि बार्किनिङ्कले ढिलाई भएको स्वयत्त सत्ताधारी नेताहरु बताउँछन । काँग्रेस, एमालेविच एक अर्का बिरुद्धमा भागबण्डाका लागि विवाद झिकेको आरोप प्रत्यारोपमा उत्रिएका छन ।
लामो समयदेखि अस्पतालमा व्यवस्थापन समिति नहुँदा नीतिगतदेखि नागरिकका गुनासा समेत अस्पताल प्रशासनले नसुन्ने गरेको दुखेसो पोखिरहेका छन ।
कञ्चनपुरका स्थानीय गणेश सिंहले अस्पतालमा समिति हुँदा सहजै समस्या पोख्न सकिने भएपछि प्रशासन र चिकित्सक एव स्वास्थ्यकर्मी, अन्य कर्मचारीले समस्या गम्भिर नभए नसुन्ने गरेको बताए । ‘उपचारका क्रममा आर्थिक अभावदेखिका अन्य समस्या आउँदा समिति हुँदा समितिकै पदाधिकारीहरुसंग सहजै हामी नागरिकले पहुँच राख्थ्यौँ, ‘उनले भने, ‘कर्मचारीसंग जति भन्दा पनि हाम्रो सुनुवाई नै गर्दैनन ।’ अर्की स्थानीय गोमति भट्टले अस्पतालमा नागरिक स्तरबाट समिति नहुँदा पैशा अभावमा भएका बेला उपचारमा समेत समस्या हुने गरेको दुखेसो पोखिन । ‘समिति हुँदा हामीसग पैशा नहुँदा समेत उहाँहरुले म्यानेज गरिदिन्थे, कुनै समस्या आईपर्दा पनि समितिबाटै समाधान हुन्थ्यो, ‘उनले भनिन, ‘अहिले समस्या आउँदा वा पैशा अभाव हुँदा हाम्रा कुरा सुन्ने कोही छैनन ।’ सत्ताधारी दलहरुले अस्पताल जस्तो सम्बेशनशिल क्षेत्रमा समेत अति राजनीतिकरण गरेको भन्दै यसबाट नागरिकलाई क्षति भईरहेको दुखेसो पोखेका छन ।
सत्ताधारी काँग्रेस कञ्चनपुरका उपसभापति मिन बहादुर सिहले भागबण्डाकै कारण अस्पताल व्यवस्थापन समिति चयन हुन नसकेको भन्दा पनि प्रदेश सरकारमा समस्या देखिएको समिति चयन हुन नसकेको बताए । ‘प्रदेश सरकारमा रहेका दुई ठुला दल एमाले, काँग्रेसविच भद्र सहमती अनुरुप समितिलाई चुस्तदुरुस्त बनाउने गरेर तयारी भईरहेको मैले खबर पाएको छु, ‘उनले भने, ‘केही दिनमै समिति चयन होला जस्तो छ ।’
एमाले कञ्चपुरका उपाध्यक्ष जनकराज अवस्थीले सत्ताधारी दुई ठुला दलविचको भागबण्डा भन्दा प्रदेश सरकारले कामगर्ने शैली स्प्रिडको अभावले समिति चयन हुन नसकेको बताए । ‘अस्पताल जस्तो सम्बेदनशिल क्षेत्रमा सरकारले ढिलाई लार्पबाही गर्नु हुँदैन, ‘उनले भने, ‘समिति शिघ्र गठन गर्दै अस्पतालको बृद्धि विकासमा लगाउनुपर्छ ।’
महाकाली अस्पतालका निमित्त मेसु डा. अर्जुन कुमार भट्टले समिति नहुँदा नीतिगत निर्णयमा समस्या भएपनि प्राविधिक तथा प्रशासनिक कामकाजमा समस्या नभएको बताए । डा. भट्टले समिति बिहिन भएपनि बिरामीको उपचारदेखि प्रशासनिक कामकाजमा प्रभाव नभएको बताए । सुदुरपश्चिम प्रदेश सरकार समाजिक विकास मन्त्रालयले महाकाली मात्रै नभई प्रदेशभरीका ९ अस्पताल समिति बिहिन भएको जनाएको छ । समाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीले सरकारमा रहेका दलहरुको सरकार संचालन संयन्त्रमा छलफल भईरहेको उताबाट सहमती भए छिट्टै समिति चयन गरिने बताए । समाजिक विकास मन्त्रालयका सचिव रेग्मीकै भनाईलाई पनि आधार मान्ने हो, भने सत्ताधारी दलहरुविच भागबण्डा, खिचातानीले गत १० चैत्रदेखि ३भदौँसम्म अस्पताल समिति बिहिन भएका छन ।

अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय