२०८२ चैत्र १९, बिहिबार


कञ्चनपुरः
जिल्ला प्रशासन कार्यालय तथा अन्य सरकारी कार्यालय आसपास सेवाग्राहीलाई हैरानी दिने कार्यमा संलग्न रहेको आरोपमा ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मिति २०८२ चैत १९ गते दिउँसो करिब १४:०० बजेको समयमा भिमदत्त नगरपालिका–४ स्थित जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेट अगाडि सेवाग्राहीलाई ताना–तान गर्दै हैरानी दिइरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले ४ जनालाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएकामा बेदकोट नगरपालिका–५ धरमपुरका सालम बोगटी, दिल बि.क., सागर घरेडी (तीनै जना देव अनलाइन सेन्टरमा कार्यरत) तथा दिपेन्द्र कुमार बोहरा (हाम्रो अनलाइन पसलमा कार्यरत) रहेका छन्।
त्यसैगरी सोही दिन दिउँसो १५:३० बजेको समयमा भिमदत्त नगरपालिका–४ स्थित यातायात व्यवस्था कार्यालय कञ्चनपुरको गेट अगाडि २ जना र मालपोत कार्यालय कञ्चनपुरको गेट अगाडि १ जना गरी जम्मा ३ जनाले सेवाग्राहीलाई हैरानी दिइरहेको भन्ने जानकारी प्राप्त भएपछि प्रहरी टोलीले थप ३ जनालाई नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिइएकामा बेदकोट नगरपालिका–६ का कपिल जोशी र भिमदत्त नगरपालिका–१८ का हिमान्शु चन्द (दुवै जना शालिग्राम अनलाइन सेवामा कार्यरत) तथा भिमदत्त नगरपालिका–५ का कैलाश सुनार रहेका छन्। कैलाश सुनार भने अनलाइन सेवा सञ्चालन नगरेको अवस्थामा मालपोत कार्यालय अगाडिबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सबै व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान भइरहेको छ।

अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय